मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफ्रिकामा दुई प्रतिशत मात्र खोप



संयुक्त राष्ट्रसंघले विश्वमा हाल रहेको कोभिड १९ विरुद्धको खोपमध्ये अफ्रिकामा त्यसको २ प्रतिशत मात्र खोप उपलब्ध रहेको बताएको छ । विश्वमा अहिले पनि कम्तीमा पनि ५ अर्ब ७ करोड मात्रा खोप पुगेको बताइएको छ । तर पनि त्यसमध्ये अफ्रिकामा २ प्रतिशत मात्र खोप उपलब्ध रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले मंगलबार सार्वजनिक गरेको एक तथ्यांकमा विश्वमा उपलब्ध रहेको खोपको जम्मा २ प्रतिशत मात्र खोप अफ्रिकामा उपलब्ध रहेको भन्दै यो अवस्था राम्रो नरहेको बताएको छ । उक्त संगठनले यस्तै तथ्यांकका साथ अघि बढ्ने हो भने विश्वमा खोपमा पनि असमानताको अवस्था सिर्जना हुने धारणा राखेको छ । यस्तो अवस्था आउन नदिन विश्वमा खोपमा समानताका लागि पनि सो संगठनले विश्वमा सबै देशहरुसँग आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वमा सबै देशहरुमा यो वर्षको अन्त्यसम्ममा कम्तीमा पनि ४० प्रतिशत खोप पु¥याउने र आगामी वर्ष अर्थात् सन् २०२२ को मध्यसम्ममा विश्वका सबै देशमा ७० प्रतिशत खोप पु¥याउने लक्ष राखेको जनाएको छ ।तर पनि यसरी असमान रुपमा खोपको वितरण हुने हो भने यसबाट विश्वका नागरिकहरु खोपबाट वञ्चित हुनसक्ने खतरा रहेको पनि सो संगठनले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ४४ बजे