मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलायतमा एकै दिनमा तीस हजारभन्दा बढी कोरोना सङ्क्रमित



बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बृद्धि भएको बताइएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार यहाँ एकैदिनमा ३० हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

यहाँको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार गएको २४ घन्टामा ३० हजार ५९७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सङ्क्रमित हुनेको संख्या अघिल्लो हप्ताको तुलनामा निकै बढेको बताइएको छ ।

यससँगै बेलायतमा कुल सङ्क्रमितको संख्या ७३ लाख १२ हजार ३७१ पुगेको छ । यहाँ केही दिनयता खुकुलो गरिएको लकडाउनपछि सङ्क्रमित संख्या दैनिक उकालो लाग्दै गएको हो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २०१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला केही दिनमा यहाँ दैनिक मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको पाइएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ३४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  १ : १९ बजे