सांकेतिकरुपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश : सर्तसहित बिधालय खोल्न पाइने (आदेशसहित)



काठमाडौं उपत्यकका तीन सीडीओको आज बसेको बैठकको निर्णय अनुसार काठमाण्डौ प्रशाशनले स्वास्थ्य प्रोटोकलको पालना गरी सांकेतिकरुपमा मात्र चाडपर्व मनाउन आदेश जारी गरेको छ ।

तेस्तै घरबाहिर निस्कने, भीड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर नगर्ने र नगराउने आदेश पनि जारी भएको छ ।

विभिन्न क्षेत्रहरुलाई खुलाउने गरी भएको  निर्णय अनुसार विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह चालक, क्यान्टिन संचालक र पदाधिकारीले अनिवार्यरुपमा खोप लगाउनुपर्ने र असोज १ गतेदेखि डीसीसीएमसीसँग समन्वय गरेर स्कुलहरु खुलाउन पाइने भएको छ ।

 

प्रकाशित मिति : भदौ ३१, २०७८ बिहिबार  ६ : ०८ बजे