चीनबाट थप ४४ लाख डोज खोप काठमाण्डौ आइपुग्यो



चीनबाट थप ४४ लाख डोज खोप काठमाण्डौ आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज बेइजिङबाट खोप लिएर काठमाण्डौ आइपुगेको हो ।

चीनबाट ल्याइएको खोप आजदेखि नै प्रदेशस्तरमा वितरण सुरु गरिने स्वास्थ्य सेवा विभागले जनएको छ ।

वाग्मती प्रदेशको हेटौंडा र लुम्बिनी प्रदेशमा आजै खोप पठाउने तयारी भएको विभागले जनएको छ ।

प्रकाशित मिति : आश्विन १, २०७८ शुक्रबार  ३ : १६ बजे