मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तान चलाउन तालिबानलाई समय दिनुपर्ने पाकिस्तानका गृहमन्त्रीको भनाइ



पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिबानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताउनु भएको छ । बिहीबार इस्लामाबादमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा उहाँले यो टिप्पणी गर्नु भएको पाकिस्तानी दैनिक पत्रिका ‘डन’ ले जनाएको छ ।

सो भेटका क्रममा अफगान नागरिकहरुको मानवीय सहायतासम्बन्धी मामिला र अफगानिस्तानबाट विस्थापित हुन चाहाएका व्यक्तिहरुको विषयमा छलफल भएको बताइएको छ ।तालिबानले गत साता अन्तरिम ‘इस्लामिक इमिरेट’ गठन गरी कट्टरपन्थीहरुलाई नयाँ सरकारमा नियुक्त गरेको थियो । यस सरकारले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको बिरुद्ध २० वर्षको लडाइँको निरीक्षण गरेका थिए ।

अफगानिस्तान तालिबानले कब्जा गर्दा इस्लामाबादको सहयोग रहेको धेरै विशेषज्ञहरुको भनाई रहेको बताइन्छ । यद्यपि अन्तर्राष्ट्रिय समूदायले अफगानिस्तानका लागि मानवीय सहायता बढाएका छन । तर उनीहरु तालिबान सरकारलाई मान्यता भने दिएका छैनन् ।

ग्रान्डीले देशभित्र र विदेश पलायन भएका अफगानी शरणार्थीहरु कोलागि ‘तत्काल र निरन्तर’ समर्थन को लागी यस हप्ताको सुरुमा अपिल गर्नुभएको छ ।‘अफगानिस्तानमा मानवीय स्थिति नाजुक छ ग्रान्डीले अफगानिस्तानको तीन दिनै भ्रमणको समापनपछि बुधवार भन्नु भएको छ ।

विश्वव्यापी रुपमा प्रभाव पर्ने एक ठूलो मानवीय संकटको रोकथाम गर्नको लागि अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानसंग संलग्न हुनुपर्ने ग्रान्डीले बताउनु भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : ३७ बजे