ओखलढुंगा स्थित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि अत्यावशेकीय स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी बालकृष्ण दाहालले विभिन्न निकायसंगको सहकार्यमा स्वास्थ्यकर्मीहरुका लागि उपयोगि हुँने स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको हो ।
दाहालले अक्सीजन कन्सन्टेटर, थर्मलगन, फेससिल्ड, विभिन्न प्रकारका मास्क, सेनीटाइजर, भाइजर, अक्सीमिटर, पिपीइसेट, ग्लोप्स, हेण्डवास लगायत स्वास्थ्य सुरक्षाका सामग्री सम्बन्धीत निकायमै पुगेर हस्तान्तरण गरिएको वाहाले जानकारी दिनुभयो ।
जिल्लाका आठ वटै स्थानीय तह अन्र्तगत रहेका कोभिड अस्पताल तथा पालिकासतरिय अस्पताल, रानीवन प्रथमिक स्वास्थ्यकेन्द्र, जिल्ला अस्पताल, ओखलढुंगा समूदायिक अस्पतालमा कार्यरत नागरिकको सेवामा निरन्तर खटीरहने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै उक्त सामग्री वितरण गर्ने कार्यक्रम अन्र्तगत सुनकोशी, चम्पादेवी र लिखु गाउपालिकामा वितरण गरिएको नेपाली कांग्रेस कोभिड–१९ अनुगम तथा विपद् व्यवस्थापन समितिका सदस्य संगिता तामाङले बताउनुभयो । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गरी नागरिकको स्वास्थ्य सुरक्षामा निरन्तर सहयोग गर्ने उदेश्यका स्वास्थ्य सुरक्षाका सामाग्री सहयोगको अभियान चलाएको तामाङ को भनाइ छ ।
दाहालको नेतृत्वमा देश विदेशका विभिन्न सहयोगि दाताहरुसंगको सहकार्यमा उपलब्ध स्वास्थ्य सामग्रीले नागरिकको स्वास्थ्यउपचारमा निकै सहयोग पुग्ने भन्दै सम्बन्धीत स्थानीय तहले धन्यवाद ज्ञापनको पत्र प्रदान गरेको छ । यो अभियान बाट प्राप्त सामग्रीले जिल्लास्थित स्वास्थ्य संसथाहरुको सेवा प्रवाहममा निकै सहजता आउने स्वास्थ्य संस्थाहरुले बताएका छन् । उपलब्ध स्वास्थ्य सामग्री बुझ्दसुनकोशी गाउपालिका स्वास्थ्य शाखा प्रमुख नेत्रबहादुर कट्वालले स्वास्थ्य सामग्री सहयोगको पक्षबाट हेर्दा कोभिड–१९ संक्रमण स्वास्थ्य संस्थाहरुका लागि एउटा अवसर भएको बताउनुभयो ।
नागरिकको स्वास्थ्य सुरक्षा नै पहिलो प्रथमिक्ता भएकाले उक्त उपकरण तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहिढंगले प्रयोग हुने सहयोगि दाताहरुले विश्वास व्यक्त गरेका छन् । हाल सम्म चिशंगुगढी, मानेभञ्ज्याङ, मोलुङ गाउपालिकाका अस्पताल, जिल्ला अस्पताल रुम्जाटार, ओखलढुंगा सामुदायिक अस्पताल, सुनकोशी, चम्पादेवी र लिखु गाउपालिकामा सामग्री वितरण भैसकेको अभयान्ता संगिता तामाङको भनाई छ ।
जिल्ला अस्पताल रुम्जाटार, ओखलढुंगा समुदायिक अस्पताल, गाउपालिकास्तरिय अस्पताल तथा कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि करिव १५ लाख वरावरको अत्यावशेकीय स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको नेता दाहालले जानकारी दिनुभयो । स्वास्थ्य सामाग्री सहयोग अभियानमा नेपाली कांग्रेसका नेता होम बहादुर कार्की, विनोद केसी, नन्दलाल गिरी, संगिता तामाङ लगायतको सहभागिता रहेको छ ।








