मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङ्गद्धारा संविधान दिवसको शुभकामना



गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले संविधान दिवसको असरमा प्रदेशबासी ,स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना दिनुभएको छ ।

प्रदेश प्रमुख गुरुङ्गले सातौ संविधान दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उल्लेख गर्नुभयो । उहाले यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् भन्नु भयो ।

गुरुङ्गले यति बेला मुलुक, नयाँ संविधानले मार्गनिर्देश गरेका अभिभाराहरूलाई आत्मसाथ गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा अगाडि बढेको छ भन्दै संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहका व्यवस्थापिका तथा सरकारहरू आ–आफ्नो संवैधानिक कार्यभारहरू पूरा गर्न क्रियाशिल भएको बताउनु भयो ।

संविधान आफैमा कानूनी सिद्धान्त तथा राजनीतिक सहमतिको दस्तावेज हो भन्दै प्रदेश प्रमुख गुरुङ्गले संविधान राज्यको मुल कानून भएकाले यसको मर्म र भावना बमोजिम राज्य व्यवस्था संचालन गर्न, संविधानमा लिपिबद्ध गरिएका जनताका आधारभूत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्दतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरू आमनागरीकको पहुँचमा पुग्ने गरी वितरण गर्नेतर्फ हाम्रो ध्यान जान जरुरी रहन्छ भन्नु भयो ।

उहाँले सानातिना राजनीतिक स्वार्थहरूलाई बिर्सेर सक्दो छिटो सामाजिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउनु आजको आवश्यकता हो। यसका लागि एकातिर राज्यको नेतृत्व गर्नेसँग दृढ राजनीतिक इच्छाशक्ति र इमान्दारिताको आवश्यकता हुन्छ भने अर्कोतिर आम नेपाली जनताको सकारात्मक र रचनात्मक भूमिका जरुरी हुन्छ भन्नु भयो ।

प्रदेश प्रमुख गुरुङ्गले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्धको लडाइमा पूर्ण सफलता प्राप्त गर्न आजको दिनले प्रेरणा प्रदान गरोस भन्दै प्रदेश प्रमुख गुरुङ्गले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न प्रदेशका सम्पूर्ण राजनैतिक दलहरु र दिदीबहिनी ,दाजुभाईहरु सबैमा अपिल समेत गर्नुभएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : १३ बजे