मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह



चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका छन । आफ्नो चाहना र मोडेलमा नै सहयोग गरौँ तर अहिले अफगानिस्तानलाई सहयोग गर्न आवश्यक छ उनले भनेका छन।

हाल अफगानिस्तानलाई मानवीय सहयताको खाँचो रहेकोले सहयोग गर्नुपर्ने उनले बताए । अफगानिस्तानको क्षेत्रीय अखण्डता र उनीहरुको स्वतन्त्रताको सम्मान गर्दै सबै विदेशी समूदायले सहयोग पु¥याउनु पर्ने उनको धारणा थियो ।

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ उप प्रमुख स्थायी प्रतिनिधि दाइ बिङले सो धारणा राखेका हुन । उनले अहिले पनि अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादीहरु जम्मा हुने ठाउँ बन्ने खतरा रहेको भन्दै अफगानिस्तानलाई यस्तो ठाउँ हुन दिनबाट बचाउन र त्यहाँका नागरिकलाई सहयोग गर्नका लागि विश्व समूदायलाई आग्रह गरेकाअ हुन ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : १६ बजे