सोमबार १ हजार ९५ जनामा संक्रमण पुष्टी : २ हजार ९५७ जना संक्रमणमुक्त



पछिल्लो २४ घण्टामा देशमा १ हजार ९५ जनामा कोभिड संक्रमणा पुष्टी भएको छ । १३ हजार ८१७ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा ८ जनाले ज्यान गुमाएका छन । यस सगै नेपालमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४८ पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा २ हजार ९५७ जना संक्रमणमुक्त भएका भने देशमा सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ

 

प्रकाशित मिति : आश्विन ४, २०७८ सोमबार  ४ : ४९ बजे