मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड महामारीको १८ महिनापछी यत्रा प्रतिबन्ध हटाउदै अमेरिका



अमेरिकाले विदेशी नागरिकको यात्रामा लगाएको प्रतिबन्ध खुकुलो पार्ने निर्णय लिएको छ ।कोभिड १९ महामारी फैलिएसँगै बेलायत, ईयू र अन्य देशका नागरिकको यात्रामा प्रतिबन्ध लगाएको अमेरिकाले १८ महिनापछि निर्णय परिवर्तन गरेको हो ।

सोमबार ह्वाइट हाउसले नयाँ नियम जारी गर्दै नोभेम्बरबाट यात्रा प्रतिबन्ध खुकुलो पार्ने जनाएको छ । तर केही नियमहरू बनाइएको छ । पहिलो त अनिवार्य रूपमा कोरोनाविरुद्धको खोपको पूर्णमात्रा लगाएको हुनुपर्नेछ । खोप लगाएकालाई पनि कोरोना परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङपछि मात्रै प्रवेश अनुमति दिने अमेरिकाको तयारी छ ।

ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले नयाँ नियमबारे जानकारी दिँदै भनेका छन्, ‘नयाँ नियम देशकेन्द्रित नभएर व्यक्तिकेन्द्रीत छन्। यहाँ आउन चाहने व्यक्ति सबैभन्दा पहिले कोरोनाको पूर्ण खोप लगाएको हुनुपर्छ ।’

अमेरिकाले यात्रा प्रतिबन्ध लगाएपछि १८ महिनादेखि अलग अलग देशमा रहँदै आएकाहरू बीच भेटघाट हुन पाएको थिएन । योसँगै अब पुनर्मिलनको ढोका खुलेको छ ।अमेरिकाको साझेदार मुलुक पनि यो निर्णयबाट उत्साहित भएका छन् । उनीहरूले यात्रा प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : २३ बजे