मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यानडाका प्रधानमन्त्री ट्रुडो ४९ बर्षमा तेस्रो पटक पनि निर्वाचित



क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । गत सोमबार भएको संसदीय निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । मतगणना जारी रहेकाले अहिले उहाँको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उहाँ र उहाँको पार्टीको जितसँगै उहाँ तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ ।

निर्वाचनमा उहाँको दल र उहाँ फेरि विजयी हुने पुर्वानुमानअनुसार नै उहाँ विजयी हुनुभएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।उहाँ यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुदै आउनु भएको थियो । त्यसपछि उहाँले पछिल्लो ६ बर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जित्नु भएको हो ।

अहिले ४९ बर्ष हुनुभएका टुडोले कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित हुनु भएको राज्यद्धारा सञ्चालित प्रसारण संस्था सीबीसीले जनाएको छ । सीबीसी र सीटीभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए ।
प्रधानमन्त्री ट्रुडोले पनि आफू निर्वाचित भएको जानकारी दिदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरुलाई धन्यवाद दिनुभएको छ ।

अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उहाँको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ । क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : २८ बजे