मंगलबार थप १३ सय ३० जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशमा थप १३ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ रहेको छ ।योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८ सय ३० संक्रमित निको भएका छन् ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार  ५ : ४४ बजे