मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्कका परराष्ट्रमन्त्रीहरुको ‘साइडलाइन’ वार्ता रद्ध



दक्षिण एसियाली सहयोग संगठन (सार्क)परराष्ट्रमन्त्री स्तरीय साइडलाइन वार्ता नहुने भएको छ । अफगानिस्तानको प्रतिनिधित्व विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा सार्क परराष्ट्रमन्त्री स्तरीय साइडलाइन वार्ता नहुने भएको हो ।

हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा हुने (सार्क) परराष्ट्रमन्त्री स्तरीय साइडलाइन वार्ता हुने गर्दथ्यो । सेप्टेम्बर २५ मा वार्ताको मिति तय भएपनि सदस्य राष्ट्रबीच कुरा नमिलेपछि योजक मुलुक नेपालले अन्य मुलुकलाई बैठक रद्ध भएको जानकारी गराएको छ ।

काठमाडौंस्थित सार्क सचिवालयले सबै मुलुकलाई बैठक रद्ध गरिएको जानकारी गराइसकेको बताइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १२ : ३८ बजे