मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनिलाका मेयरद्धारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी दिने



फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उहाँले बुधबार औपचारिक गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक ¥याली निकाल्नु भएको थियो ।

नगरपालिका भित्रको अति गरिव क्षेत्रमा निकालिएको ¥यालीपछि आयोजित घोषणा सभामा उहाँले आफू विजयी हुने दाबी गर्नुभयो । लोकप्रिय युवा राजनीतिज्ञ डोमागोसोले सवैको साथले आफू विजयी हुने र सरकारलाई पनि सवै मिलेर सफल बनाउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने उहाँ तेस्रो नेता हुनुहुन्छ । यसअघि सिनेटर मन्नी पाक्वीयो र पान्फीलो लाक्सोनले पनि राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : ५८ बजे