नेपालभर पछिल्लो २४ घन्टामा १२ सय ८२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा १२ सय ६२ संक्रमित निको भएका छन् । सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या ७ रहेको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २८५, कास्कीमा ८१, मोरङमा ८०, ललितपुरमा ६६, चितवनमा ५५, सुनसरीमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै रुपन्देहीमा ४४, भक्तपुरमा ४३, झापामा ३०, नुवाकोटमा १९, बाँकेमा १५, धादिङ र कैलालीमा १४/१४ जना, मकवानपुरमा १३, काभ्रेमा ११ र बागलुङमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।










