शनिबार ८६७ संक्रमित थपिए, ९ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशमा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो ।

तेस्तै पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १५७ पुगेको छ ।तेस्तै पछिल्लो २४ घण्टामा ११२३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ ।

प्रकाशित मिति : आश्विन १६, २०७८ शनिबार  ४ : ५८ बजे