आइतबार ६७९ जना कोरोना संक्रमित थपिए, १४०५ जना संक्रमण मुक्त



पछिल्लो २४ घण्टामा ६७९ जना कोरोना संक्रमित थपिएका छन भने १४०५ जना मुक्त भएका छन ।१० हजार ९२० जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन ।यो अबधिमा संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् ।

तेस्तै बितेको २४ घण्टाकै अवधिमा ९ जनाले ज्यान गुमाएका छन । यससगै हालसम्म कुल ११ हजार १६४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन ।

तेस्तै संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार  ४ : ५५ बजे