मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए



साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ ।
त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन् ।

सीमामा पर्ने सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए । त्यसक्रममा अरु २१ जना घाइते भएका बताइएको छ । घाइतेहरुलाई यमनी अस्पतालमा पु¥याइएको छ । उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासीहरु र प्रहरीका बीचमा केही दिनयता भिडन्तहरु हुने गरेका पनि बताइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : ५९ बजे