पछिल्लो २४ घण्टामा देशमा १०३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामै थप १० जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ ।हालसम्म ७ लाख ७० हजार २२४ जना निको भएका छन् । हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।










