भेडा गोठमा आगलाागी,२५ भेडाका पाठा जले



जुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलाागी हँदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन् ।स्थानीयवासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा सहित लत्ताकपडा र भाँडकँुडा जलेर नष्ट भएको जानकारी दिनुभयो ।

चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गर्नुभयो ।

प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार  १ : ५२ बजे