मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा ४० अर्ब ९५ करोड ९७ लाखको नयाँ बजेट



लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभा बैठकमा नयाँ बजेट प्रस्तुत गरका हुन् ।

कूल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रहेको छ ।

यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ अर्थात ११ ।८२ प्रतिशत विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : ५६ बजे