मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्डोनेसियद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण



इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २ /४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ।बायोभ्टुर जे २ .४ एक मिश्रित इन्धन हो जुन २ .४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ ।

उक्त परीक्षण उडानका क्रममा ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न लागेको र त्यो समयको पर्खाइमा रहेको समेत बताउनुभएको छ।उहाँका अनुसार पाम तेलमा आधारित बायोडीजल मिश्रण इन्धन भू-यातायातमा प्रयोग गरिएको छ अब त्यसलाई हवाई यातायातमा पनि प्रयोग गरिनेछ।

उडान परीक्षण १०,००० र १,६००० फिट को उचाइमा उडान गर्ने विमानसँगै गरिएको थियो। उक्त परीक्षणबाट जेट ए१ ईन्धन र ज २ .४ को उपयोग गर्ने विमान र यसमा समानता पाइएको छ। यातायातमन्त्री बुडी कार्यासुमादी यो परीक्षणको सफलता देश भित्रको मात्र नभएर अन्तरराष्ट्रिय रूपमै भएको बताउँनुभएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ४ : ०५ बजे