कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा गम्भिर घाइते भएका ८ जनाको मृत्यु भएको छ ।घटनामा परी एक जना सामान्य घाइते भएका छन् ।
पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले पुष्टी गरे ।
जिपमा ९ जना सवार थिए ।मृतकको शव पोखरा ल्याइँदै गरेको उनले बताए ।








