मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश प्रमुख गुरुङले दिए दशैको शुभकामना



गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बी मान गुरुङले दशैको अबसरमा शुभकामना ब्यक्त गरेका छन ।शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख गुरुङले भनेका छन,”पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधी तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्‍भाव र भातृत्व अभिबृद्धिमा टेवा पु¥याउने विश्वास मैले लिएको छु”।

उनले विभिन्‍न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्‍न महत्वपूर्ण योगदान गरिरहेका छन् भन्दै चाडपर्वको संरक्षण एवं सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने उल्लेख गरेका छन ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १२ : ४६ बजे