मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफको उपविजेता नेपाली फुटबल टोली आज काठमाडौं आउँदै



साफ च्याम्पियनशिप फुटबल इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाली फुटबल टिम स्वदेश फर्किदैछ । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनशिपको उपविजेता बनेको नेपाली टिम सोमबार बिहान नेपाल आउँदै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको थिएनन् ।यसपटक नेपालले लिग चरणमा दुई सफलता हासिल गर्ने क्रममा माल्दिभ्सलाई २२ वर्षपछि हरायो । नेपालले माल्दिभ्सलाई उसकै भूमिमा १–० ले हरायो । श्रीलंकामाथि ३–२ को जित निकाल्यो ।

बंगलादेशसँग १–१ को बराबरी गरेको नेपालले भारतसँग १–० को हारको सामना गर्यो । मालेमा शनिबार राति भएको फाइनलमा भने नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । उपाधि जित्न नसके पनि नेपाली टिमले रेकर्ड कायम गरेको । अब भने उपाधिका लागि दावेदार बनेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ९ : ४९ बजे