साफ च्याम्पियनशिप फुटबल इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाली फुटबल टिम स्वदेश फर्किदैछ । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनशिपको उपविजेता बनेको नेपाली टिम सोमबार बिहान नेपाल आउँदै छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको थिएनन् ।यसपटक नेपालले लिग चरणमा दुई सफलता हासिल गर्ने क्रममा माल्दिभ्सलाई २२ वर्षपछि हरायो । नेपालले माल्दिभ्सलाई उसकै भूमिमा १–० ले हरायो । श्रीलंकामाथि ३–२ को जित निकाल्यो ।
बंगलादेशसँग १–१ को बराबरी गरेको नेपालले भारतसँग १–० को हारको सामना गर्यो । मालेमा शनिबार राति भएको फाइनलमा भने नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । उपाधि जित्न नसके पनि नेपाली टिमले रेकर्ड कायम गरेको । अब भने उपाधिका लागि दावेदार बनेको छ ।