मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा १०९६ जनामा संक्रमण पुष्टि, १२ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा १ हजार ९६ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ९१६ वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन । योसँगै नेपालमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३०५ पुगेको छ ।

पछिल्लो २४ घण्टाकै समयावधिमा १००४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले देशभर ११८१५ जना संक्रिय संक्रमित रहेका छन् ।

 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : ३८ बजे