मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेश मुख्यमन्त्री बन्दै



नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे बागमती प्रदेश मुख्यमन्त्री बन्ने भएका छन् । बागमती प्रदेशमा बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । शाक्यको पक्षमा प्रदेशसभामा बहुमत नपुग्ने पक्क जस्तै छ ।उनले विश्वासको मत नपाएमा बहुमतको अर्को सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ५ : ०४ बजे