हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहेपनि केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। कतिपय स्थानमा बाक्लो हुस्सु र बादल लागेको छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कृषि क्षेत्रमा भने ठूलो नोक्सानी भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।








