मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिडबिरुद्धको अमेरिकी फाइजर खोप नेपाल आइपुग्यो



कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।

नेपाल आएको खोप दीर्घकालीन रोगबाट ग्रसित व्यक्तिलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने सरकारको तयारी छ। त्यो खोप आएपछि बालबालिकालाई पनि लगाइने छ।

एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ।

सरकारले यसअघिनै १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : २६ बजे