मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यालय परिसरमै तास खेल्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा प्रमुखलाई जिम्मेवारीबाट हटाइयो



केहि दिनाघी तास खेलेको भिडियो सार्वजनिक भएका सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् ।सर्लाहिका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् ।

उनिहरु कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएको थियो ।प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ ।

सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ पनि जिम्मेवारीबाट हटाइएका छन् । श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  २ : ४५ बजे