मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार नेप्से ८७ अंकले बढ्यो, चार अर्ब ३० करोड रुपैयाँको कारोवार



आज सोमबार नेप्सेले उच्चरुपमा छलाङ मारेको छ । नेप्से आज ८७ दसमलव ६३ अंकले बढेर २६ सय ७२ दसमलव २५ अंकमा चढेकोमा सेन्सिटिभ पनि १३ दसमलव ६१ अंकले बढेर पाँच सय चार दसमलव ५७ अंकमा चढेको छ ।

आज दुई सय २९ वटा कम्पनीहरुको ५३ हजार सात सय ९२ पटकको कारोवारमा ८३ लाख ९५ हजार आठ सय ६४ कित्ता सेयर किनबेच भएका छन भने कुल सेयर कारोवार रकम चार अर्ब ३० करोड ८८ लाख ९५ हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेकाले नेप्सेमा पुरै हरियाली छाएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३७ दसमलव चार अंकले बढेर १८ सय ४३ दसमलव २८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक दुई सय दसमलव ८२ अंकले बढेर २८ सय ५४ दसमलव १० अंकमा पुगेको छ ।

यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमाल दोलखा हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ बैंक ऋणपत्र ८७ परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा महालक्ष्मी बिकास बैंक परेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ३३ बजे