मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सुरु :न्यायाधीशहरुले राणाको राजिनामा माग्ने



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासगा असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरु आन्तरिक छलफल सकेर प्रधानन्यायाधीश जबरासँग छलफलका लागि पुगेका छन् ।अहिले प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ ।

यसाघी प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १५ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए । जबरामाथि कार्यपालिकामा भागबण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेकोलगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूको छ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १२ : ४६ बजे