मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिड पीडित खातुनलाई थप उपचारको प्रदेश २ सरकारले ५ लाख सहयोग



एसिड पीडित वीरगञ्जकी मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश २ सरकारले दोस्रो पटक ५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि नै प्रदेश २ सरकारले खातुनलाई ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

मंगलबार प्रदेश मन्त्रिपरिषदको बसेको बैठकले खातुनलाई थप ५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । खातुनको उपचार जारी रहेकाले उनलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसअघि वीरगञ्ज महानगरपालिका कार्यालयले २ लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट एक लाख गरी जम्मा ३ लाख रुपैयाँ खातुनको उपचारका लागि प्रदान गरिएको थियो ।

वीरगञ्ज ४ स्थित गणेशमान चोकमा २० भदौ, २०७६ मा दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए । यसअघि जनकपुरधामकी एसिडपीडित आरती साहलाई पनि प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ५० बजे