मंगलबार कोरोनाबाट ११ को मृत्यु, ६६६ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालामाअ ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९ हजार ७ सय ७१ जनाको पीसीआर र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामै कोरोना संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन । यससँगै नेपालमा कोरोनाका कारण मृत्‍यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ । तेसैगरी पछिल्लो २४ घण्टामा ६२२ जना निको भएका छन् ।यससगै हालसम्म संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८८ हजार ६३० जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेका छन् । जसमध्ये ९ हजार ५१२ जना होम आइसोलेसनमा रहेका छन् भने ७८४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार  ५ : ३० बजे