मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलबार कोरोनाबाट ११ को मृत्यु, ६६६ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालामाअ ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९ हजार ७ सय ७१ जनाको पीसीआर र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामै कोरोना संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन । यससँगै नेपालमा कोरोनाका कारण मृत्‍यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ । तेसैगरी पछिल्लो २४ घण्टामा ६२२ जना निको भएका छन् ।यससगै हालसम्म संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८८ हजार ६३० जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेका छन् । जसमध्ये ९ हजार ५१२ जना होम आइसोलेसनमा रहेका छन् भने ७८४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : ३० बजे