बुधबार ६७२ जनामा संक्रमण पुष्टि,८ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा नेपालमा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७,१६७ पीसीआर र २,३२८ एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाकै अवधिमा ४९५ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् ।यससगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३८० जना पुगेको छ।

प्रकाशित मिति : कार्तिक १०, २०७८ बुधबार  ५ : ०२ बजे