मन्त्री झाँक्री अस्पताल भर्ना



सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।

“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले ब ताए ।

प्रकाशित मिति : कार्तिक ११, २०७८ बिहिबार  २ : ०४ बजे