मंगलबार ४६९ जनामा कोरोना संक्रमण, ११ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा नेपालमा थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।७ हजार ११५ पीसीआर र ३ हजार १७२ एन्टिजेन परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको जनकारी दिएको हो ।

पछिल्लो २४ घण्टाकै अबधिमा ११ जनाले ज्यान गुमाएका छन ।यससगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४२७ पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामै थप ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै हलसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९२ हजार ८३२ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ

प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार  ४ : २० बजे