मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेसियल रिकग्निसन सफ्टवेयरको प्रयोग बन्द गर्ने फेसबुकको घोषणा



मानिसहरुको अनुहार स्क्यान गरेर पहिचान गने फेसियल रिकग्निसन सफ्टवेयरको प्रयोग फेसबुकले बन्द गर्ने भएको छ । मेटाका आर्टिफिसियल इन्टेलिजेन्सका उपाध्यक्ष जेरोम पेसेन्टीले एक ब्लग पोस्टमार्फत यस्तो जानकारी दिएका हुन् ।

फेसियल रिकग्निसन प्रविधिमाथि उठिरहेको गोपनीयता, रंगभेद र एकरुपताको विषयलाई लिएर फेसबुक विवादित रहिआएको थियो ।सन् २०१९ मा अमेरिकाको एक अध्ययनले फेसियल रिकग्निसन एल्गोरिदमले अफ्रिकन अमेरिकी, एसियन नागरिकहरु एवं अमेरिकी महिलाको पहिचान स्पष्ट खुलाउन नसकेको देखाएको थियो ।

फेसबुकले फेसियल रिकग्निसनकै विषयलाई लिएर ५५ करोड अमेरिकी डलरको जरीवानाको सामना समेत गरेको थियो ।यो प्रविधि विवादित बन्दै गएपछि अमेजन र माइक्रोसफ्टले यसअघि नै फेसियल रिकग्निसनमा रोक लगाइसकेका छन्।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ११ : ५७ बजे