मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेश प्रमुख गुरुङले दिए तिहारको शुभकामना



गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बिमान गुरुङले नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको अबसरमा शुभकामना ब्यक्त गरेका छन ।

एक शुभकामना सन्देश जारी गर्दै उनले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउने उल्लेख गरेका छन । । उनले देउसी भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्याउने पनि बताएका छन ।

प्रदेश प्रमुख गुरुङले तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना ब्यक्त गरेका छन ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १० : ५८ बजे