सोमबार ३९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा थप ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पीसीआर विधिबाट २ हजार ६०६ र एन्टिजेन विधिबाट २ हजार ४२० जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा मन्त्रालयले जनएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । यससगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४५३ पुगेको छ ।

यस्तै, आज थप ४२५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९५ हजार ८२२ जना पुगेको छ । निको हुने दर ९७ ।७ प्रतिशत रहेको छ ।

 

प्रकाशित मिति : कार्तिक २२, २०७८ सोमबार  ५ : १३ बजे