काठमाडौं – कानुन व्यवसायीहरुले भोलि सर्वोच्च अदालतका सम्पूर्ण इजलासमा बहस पैरवी नगर्ने घोषणा गरेका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्चमा धर्ना दिएका थिए ।
बिहीबार सर्वोच्च अदालतमा भएको धर्नाका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा नेपाल बार एशोसिएसनले यस्तो घोषणा गरेको हो । विरोध सभामा बार महासचिव लीलामणि पौड्यालले दिएको जानकारीअनुसार भोलि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा समेत कानुन व्यवसायीहरुले बहस पैरवी गर्ने छैनन् ।








