काठमाडौं – प्रधानन्यायाधीश चोलेन्दैशमशेर जबराको राजीनामा माग्दै नेपालबार एसोसिएसनको अगुवाईमा आन्दोलित कानुन व्यवसायीले आज चर्काे बिरोध गरेका छन् ।
जबरा द्धिरुद्ध आज सर्बोच्चमा धर्ना दिन पुगेका उनिहरुले आज पहिलो पटक भ्रष्ट पधानन्यायाधीश जबरा राजीनामा दे भन्दै चर्को नारावाजी गरेका हुन् । जबराको रानीनामा माग्दै नेपालबार एसोसिएसनले तिहार अगाडी देखी नै बिरोध गर्दै आएको छ भने सर्बोच्चका कानुन व्यवसायीहरुले भने बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्धाको सुनुवाई गरेका छैनन् ।
आन्दोलित उनिहरुले पहिलो पटक भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका हुन् । सर्बोच्च परिषरमा धर्ना दिएका कानुन व्यवसायीले चोलेन्द्रका मतियार होसियार–होसियार, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे राजीनामा दे जस्ता नारा लगाएका थिए ।
प्रधानन्यायाधीश जबराले भने आज अन्य मुद्धालाई प्राथमीकता दिँदै बन्दीप्रत्यक्षीकरणका निवेदनलाई पछि पार्दै पेशी तोकेका छन् । साथै आन्दोलित कानुन व्यवसायीमाथि प्रहरीले हस्तक्षप गरेसंगै तनाव सुरु भएपछि अहिले सर्बोच्च परिसरमा शसस्त्रको टोलि खटाईएको छ ।