काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दसहित आन्दोलनको घोषणा गरेको छ । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेपाल विप्लवले बन्दसहित आन्दोलनको घोषणा गरेको हो ।
बिहीबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचाररप्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन्।









