जबरा अदालतभित्र प्रवेश गर्न सुरक्षाकर्मी परिचालित: सर्वोच्च प्रवेश गर्ने भित्री गेट बन्द



२६ कात्तिक, काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कानुन ब्यबसायी हरुको योजना र आन्दोलनले अब कता बाटो लेला निकै अन्योल पूर्ण देखिन्छ ,यसरि पुलिस प्रसासननै लगायर प्रबेस गर्न खोज्नु र कानुन ब्यबसाही माथि दबाब सिर्जना गर्नुलाई सर्बोच्को गरिमा ढल्किदै गयको दृश्यले देखायको छ

महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउ–जाउ गर्ने भित्री ढोका बन्द गरिएको छ । यसअघि कानुन व्यवसायीहरु नेपाल बार तर्फको गेटबाट सर्वोच्च अदालत आउ–जाउ गर्दै आएका थिए ।

प्रधानन्यायाधीश सर्वोच्च अदालतभित्र प्रवेश गर्ने गेटमा पनि ताला लगाएको देखिएको छ । यो गेट प्रधानन्यायाधीश भित्रिंदा र बाहिरिंदा मात्र खोल्ने गरिन्थ्यो । अरु बेलामा भने बन्द नै हुने गर्दछ ।गेटमा आजभने ठुलो सख्यामा पुलिस हरु तैनाथ गरियका छन्

भित्री ढोका बन्द भएकाले अब आन्दोलनरत कानुन व्यवसायीहरुले सिंहदरबार पश्चिम गेट–माइतीघर खण्डको सडक प्रयोग गरेर सर्वोच्च अदालतमा धर्ना दिनुपर्ने छ । तर सो सडकखण्डमा निषेधाज्ञा जारी गरिएकाले त्यहाँ धर्ना प्रदर्शन लगायतका गतिविधि गर्न पाइँदैन ।

 

प्रकाशित मिति : कार्तिक २६, २०७८ शुक्रबार  १० : १४ बजे