न्यायालयमा जारी संकट समाधानमा कार्यपालिकाले हस्तक्षेप गर्न मिल्दैन: प्रधानमन्त्री देउवा



 

२६ कात्तिक, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा जारी संकट समाधानमा कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । शुक्रबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसँग न्यायालयमा देखिएको विवादमा सरकारले हस्तक्षेप नगर्ने बताएका हुन् ।

‘संविधानले राज्यका निकायको अधिकार प्रष्ट बताएको छ । प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको विवादलाई सरकारले नजिकबाट हेरिरहेको भएपनि समस्याको निकास भने अदालतबाटै खोजिनुपर्नेमा जोड दिएको कानुनमन्त्री बडुनिकट स्रोतले बताएको छ।

 

 

प्रकाशित मिति : कार्तिक २६, २०७८ शुक्रबार  ५ : ३४ बजे