२६ कार्तिक, काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पर्दाथमा भएको मुल्य बृद्धि फिर्ता नहुने बताएको छ । मुल्यबृद्धिको चौतर्फि बिरोध हुँदापनि आयल निगम भने मुल्य बृद्धिबाट पछाडी नहट्ने मनस्थितीमा देखिएको छ । मुल्य बृद्धि नगर्दा अरबौंको घाटा हुने भन्दै पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि फिर्ता लिन नसकिने बताएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले पेट्रोलिय पर्दाथमा मुल्यबृद्धि गरिनु आफुहरुको बाध्यता भएको भन्दै पछिल्लो समय गरिएको मुल्यबृद्धि फिर्ता हुन नसक्ने बताएका छन् । रिपोर्टस क्लब नेपालले आज काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यायले यस्तो बताएका हुन् ।
साथै कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए देशभरका सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका थिए । उनले राजनीतिक दलले नै आयल निगमलाई चलाएको आरोप पनि लगाएका छन् ।










