तमु गुरुङ समाज काठमाडौंको शुभकामना तथा अन्तरकृया कार्यक्रम सम्पन्न



२७ कार्तिक, काठमाडौं । तमु गुरुङ समाज काठमाडौंको आज शुभकामना तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । उपाध्यक्ष ईन्दु कुमारी गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वी मान गुरुङ गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व सस्थापक अध्यक्ष खड्ग बहादुर गुरुङ लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांस बक्ताले सबै जात–जातिहरुमा आपसि सहिस्नुता र भाईचारा हुनुपर्ने बताएका थिए । साथै गुरुङ तमु समुदाय विकासका लागी सबैले आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्नेमा समेत उनिहरुले जोड दिएका थिए । बक्ताहरुले गुरुङ समाजले सम्पूर्ण जात जातिलाई एकता र भाइचाराको प्रेरणा दिएको समेत बताएका छन् ।

कार्यक्रममा हिम बहादुर गुरुङ, लक्ष्मण गुरुङ, चित्र बहादुर गुरुङ, बुद्ध नाथ गुरुङ, खड्ग नारायण गुरुङको उपस्थित रहेको थियो । साथै राज बहादुर गुरुङ, कृति गुरुङ, कर्नल चन्द्र गुरुङ, राम बहादुर गुरुङ, तेज बहादुर गुरुङ, हर्क गुरुङ, भिम बहादुर गुरुङ, लाल काजि गुरुङको उपस्थित रहेको थियो । कार्यक्रममा समाजका पुर्व संस्थापक अध्यक्ष खड्क बहादुर गुरुङ, समाजका उपाध्यक्ष ईन्दु कुमारी गुरुङको पनि उपस्थीत रहेको थियो ।

प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार  ४ : ३८ बजे