२८ कात्तिक काठमाडौं। आज दिउँसो काठमाडौंमा विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर जुलुस निकालेका हुन्।
उनीहरूले सिलिन्डरमा ‘मलाई किन यति अमूल्य बनायौ, गरिब जनताको घरमा म कसरी बल्ने’ लगायत पोस्टर लेखेर टाँसेका थिए।
सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।








