कांग्रेसको पदाधिकारी बैठक जारी: गठबन्धनका विषयमा छलफल हुने



२८ कात्तिक काठमाडौँ।१ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन सकेन, पदाधिकारी बैठक जारी
देउवा निवास बुढानीलकण्ठ।

काठमाडौं  आज दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै सुरु हुन सकेको छैन।पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा डाकिएको बैठक अझै सुरु हुन नसकेको हो।

अहिले कांग्रेस पदाधिकारीको बैठक चलिरहेको छ। बैठक दुई बजेबाट सुरु भएको थियो। पदाधिकारी बैठकपछि मात्र केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ। कांग्रेसको आसन्न केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, गठबन्धनका विषयमा बैठकमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति : कार्तिक २८, २०७८ आइतबार  ४ : ४० बजे